चिकित्सीय परिक्षण एकाइ

क्लिनिकल ट्रायल युनिट (CTU) सबै OUCRU को क्लिनिकल परीक्षणहरूको प्रशासन र सञ्चालनको लागि जिम्मेवार छ।

अनुसन्धान उच्च स्तरमा संचालन भइरहेको र अन्तराष्ट्रिय स्तरमा अग्रज रहने सुनिस्चित गर्नको लागि हामीले अनुसन्धान विधिहरु, व्यवस्थापन र अनुसन्धानको नैतिक विषयहरुको बुझाइ विकास गर्दछौ।

हामी ७५ भन्दा बढी अध्ययनहरुलाई कुनै एक चोटीमा व्यवस्थापन गर्छौ र सन् २००६ मा हाम्रो स्थापना भएदेखि हामीले उच्च-स्तरको चिकित्सीय अनुसन्धान प्रदान गर्नको लागि विशेषज्ञता र क्षमता हासिल गरेका छौ ।

सी.टि.यू ले OUCRU को अनुसन्धान क्षमता बढाउने र अनुगमन तथा समन्वयद्वारा OUCRU को चिकित्सीय परिक्षणहरुको गुणस्तर सुधार गर्ने निरन्तर लक्ष राख्दछ ।

हामी स्थानीय र अन्तराष्ट्रिय नियामकको आवश्यकताहरु र उचित क्लिनिकल अभ्यास को सिधान्तको पालना गर्छौ । निरन्तर बढ्दो संख्याको चिकित्सीय परिक्षणहरु संचालन गर्नको लागि हाम्रो काममा मानव श्रोत, सुविधाहरु, निरीक्षक र प्रशासनिक प्रणालीहरुको निर्माण समावेश गरिन्छ ।

नेतृत्व र साझेदारी

हाम्रो सञ्चालनको आधार हो ची मिन्ह शहरमा हुँदा, CTU ले हाल सम्पूर्ण OUCRU कार्यक्रमलाई समर्थन गर्दछ साथै हामी ६० भन्दा बढी भियतनामी संस्थानहरुसँग सहकार्य गरि काम गछौ र हामीले निम्न मध्यमद्वारा घनिष्ठ शैक्षिक र वैज्ञानिक साझेदारी विकसित गरेका छौ:

  • साझेदार संस्थानहरुसँग अनुसन्धान एकाइहरुको विकास गर्दै;
  • मानव र पूर्वाधार क्षमता;
  • नयाँ चिकित्सीय अनुसन्धान समूहहरुलाई सहयोग गर्नको लागि तालिम र सल्लाहकार प्रदान गर्दै;
  • चिकित्सीय परिक्षण एकाइहरुभरि OUCRU चिकित्सीय परिक्षण एकाइको नमुना र कार्यविधिलाई बढ्दै

चिकित्सीय अनुसधान नैतिकता

हाम्रो बढी प्राविधिक कार्यमा फराकिलो दायरा ल्याउनको लागि OUCRU सी.टि.यू प्रतिबद्ध छ । त्यसको लागि हामी भियतनाममा महत्वपूर्ण रहेको अनुसन्धान विधि र नैतिकतामा उदयमान विषयहरुको गुणात्मक अनुसधान गर्दैछौ ।

ग्लोबल हेल्थ बायोएथिक्स नेटवर्क(GHBN) को सदस्यको रुपमा हामीले अनुसन्धान तथ्यांक बाँड्ने प्रति सरोकारवालाको धारणाबारे खोजि गर्ने बहु-क्षेत्रीय अध्ययनहरुमा सहकार्य गरेका छौ ।

हामी सूचित सहमति, क्षतिपूर्ति र अनुसन्धानको धारणामा हरेक दिन अनुभव गर्ने समस्याहरुमा स्वतन्त्र अध्ययनहरु पनि संचालन गर्छौ । हामी स्थानीय रुपमा सान्दर्भिक समस्याहरुको लागि प्रमाण-आधारित सुझावहरु प्रदान गरि स्थानीय नीति विकासलाई जानकारी दिने उदेश्य रक्छौ ।

हाम्रो सदस्यहरू

टोली सदस्यहरू

Loading...
थप जानकारीका लागि

सम्बन्धित

Skip to content