DCIM100GOPROGOPR0177.JPG

जकार्ता, इन्डोनेसिया

OUCRU इन्डोनेसिया

ठेगाना

Fakultas Kedokteran Universitas Indonesia (FKUI) Jl. Salemba Raya No. 6, Jakarta, Indonesia

सम्पर्क जानकारी
SOCIAL

OUCRU इन्डोनेसिया केन्द्रीय जकार्ता अन्तर्गत एक एतिहासिक संस्था: इन्डोनेसियाको मेडिसिन विश्वविद्यालयको संकाय (FMUI) मा संचालित छ । OUCRU इन्डोनेसिया र इन्डोनेसियाका आयोजकहरु तथा साझेदारहरुले सहयोगी रुपमा इन्डोनेसियाको प्रदायकहरु र बिरामीहरुको चासो र प्रासंगिकताको एजेन्डामा अनुसन्धान बिकास गरेको थियो । .

2008 मा, Eijkman-अक्सफोर्ड क्लिनिकल रिसर्च युनिट (EOCRU) जकार्ता, इन्डोनेसियामा, Eijkman मोलिकुलर बायोलोजी संस्थान र चिकित्सा संकाय, इन्डोनेसिया विश्वविद्यालय सँग साझेदारीमा स्थापना भएको थियो। Faculty of Medicine, इन्डोनेसिया विश्वविद्यालयको आयोजनामा सन् २०२२ मा EOCRU ले आफ्नो नाम OUCRU इन्डोनेसिया मा परिवर्तन गरेको थियो

धेरै व्यापकरुपले सान्दर्भिक र उच्च प्रभाबका चिकित्सीय अनुसन्धानको प्रयासद्वारा OUCRU इन्डोनेसियाले थप स्वतन्त्र चिकित्सिय अनुसन्धानलाइ प्रोत्साहन गर्ने लक्षका साथ ध्यानपुर्वक इन्डोनेसियामा भएका मानिसहरु तथा प्राबिधिक क्षमताको बिकास गर्दछ । उस्णकटिबंधीय र उपेक्षित संक्रामक रोगहरुबाट पीडित बिरामीहरुसंगको प्रत्यक्ष पहुँचले सहयोगी रुपमा गरिएको प्रयासलाइ ठोस रुपमा पीडितहरुको स्वास्थ्यमा राम्रो नतिजा प्रदान गर्न अनुमति दिन्छ । पहिला गरिएको र हाल भईरहेको अनुसन्धानले HIV सँग बाचिरहेका TB meningitis बिरामीहरुको लागि adjunctive dexamethasone therapy र Plasmodium vivax malaria को मूल उपचारका लागि hypnozoitocidal therapies, प्लाज्मोडियम भाइभ्याक्स मलेरिया विरुद्ध experimental live sporozoite vaccines, G6PD कमिको लागि निदान र थेरापीसँग सम्बन्धित CYP2D6 pharmacogenetics, G6PD कमि भएको बिरामीहरुमा primaquine hemolytic बिषाक्तता र स्वचालित मलेरिया निदानात्मक उपकरणहरुको मुल्यांकनलाइ समावेश गरेको छ ।

थप रूपमा, यस इकाईले ठूलो डाटा सेलफोन-आधारित भूस्थानिक विश्लेषण लागू गरेर, भूगोल, सामाजिक-जनसांख्यिकी, र गरिबीको सम्बन्धमा संक्रामक र गैर-संक्रामक रोगहरूको मृत्युको बोझको मात्रा निर्धारण गरेर मलेरिया आयात जोखिमहरूमा जनसंख्या गतिशीलताको प्रभावको अनुसन्धान गर्दछ।

हाम्रो अनुसन्धान स्थानहरु

हामी मेदानको उत्तरी सुमात्रा विश्वविद्यालय, मकासरको हसनुद्दीन विश्वविद्यालय, बालीको उदयना विश्वविद्यालय, राष्ट्रिय मलेरिया नियन्त्रण कार्यक्रम, र जकार्तामा इन्डोनेसियाली सेनाको स्वास्थ्य निर्देशनालयमा पनि साझेदारहरूसँग काम गर्छौं। हामी जकार्ताको दुइटा अस्पताल अन्तर्गत पनि काम गर्छौ, CiptoMangunkusumo अस्पताल र Persahabatan अस्पताल – हरेक शिक्षण अस्पताल FMUI सँग आवद्ध छन् । हामी सुमत्रा, जावा, बालि, अलोर र सुम्बा टापुमा रहेका ग्रामिण अस्पतालहरु, क्लिनिक र गाउँहरुको अध्यन साइटमा पनि काम गर्छौ ।

OUCRU इन्डोनेसियाले क्षेत्रीय रुपमा कम्बोडिया, नेपाल र पाकिस्तानसंग अनुसन्धान कार्यहरुमा सहकार्य गर्दछ साथै विश्व स्वास्थ्य संघ (WHO) संग पनि जेनेभा, दिल्ली (SEARO), मनिला (WPRO), काइरो (EMRO) मा अनुसन्धान र नीति परामर्शका लागि नियमित रुपमा सहकार्य गर्दछ । ग्लोबल फन्ड र NMCP स्रोत समर्थन संग OUCRU इन्डोनेसियाले १० केन्द्रीय प्रयोगशालाहरु र इन्डोनेसियाको ३४ प्रदेशहरुमा मलेरिया निदान र निगरानी सेवाको लागि क्षमता अभिवृद्धी आयोजना गर्दछ ।

गहिरो बुझाइ र राम्रो स्वास्थ्य परिणामहरू

OUCRU इन्डोनेसियाले लामो समयदेखि vivax मलेरियाको उपचारको मुल्यांकन परिक्षणमा ध्यान केन्द्रित गरेको छ । इन्डोनेसियामा हरेक बर्ष लाखौ मलेरियाको घटनाहरु घट्छ ति मध्ये आधि घटनाको कारण प्लाज्मोडियम भाइभ्याक्स रहेको छ । यी प्रजातिहरुले निष्क्रिय रुपमा स्थान गर्दछ जुन मानिसहरुमा संक्रमणको आगामी महिनाबाट जाग्छ जसकारण मानिसहरुमा मलेरियाको आक्रमण दोहोरिने गर्छ । दुइटा औषधि हरेक रोकथामको लागि , Acute vivax मलेरियालाइ रोकेर दोहोरिने आक्रमण रोकथामका लागि दुइटा औषधि प्रयोग हुने उपचारको आवस्यकता पर्दछ। यस्ता थेरापीहरुको धेरै सम्भब संयोजनको सुरक्षा र प्रभाबकारिताको मुल्यांकन गर्नाले यी उपचारहरुको पहुँच सुनिश्चित गर्दछ ।

प्लाज्मोडियम भाइभ्याक्स मलेरियाको उपचारात्मकले मानब आनुवंशिकको दुइटा समस्या समाबेश गर्दछ: १) ग्लुकोज-६-फास्फेट डिहाइड्रोजनेज( phosphate dehydrogenase) (G6PD) कमि भएको बिरामीहरुमा primaquine नामक औषधिको रक्तलायी विषाक्तता; २) polymorphism cytochrome P-४५० type 2D6 (CYP2D6) को प्राकृतिक रुपले हानि भएको primaquine चयापचय Primaquine हाल उपलब्ध भएको एक मात्र औषधि हो जुन P. भाइभ्याक्स कलेजोको निष्क्रिय चरण विरुद्ध प्रभाबकारी छ । भाइभ्याक्स मलेरिया भएका बिरामीहरुलाइ सधै सुरक्षित र प्रभाबकारी तरिकाको उपचार निश्चित गर्न OUCRU इन्डोनेसियाको अनुसन्धानले यी दुवै समस्याहरुको निदान र आणविक संयन्त्रको सन्दर्भमा लक्षित गर्दछ ।

सन् २०१७ मा OUCRU इन्डोनेसिया र FMUI ले संयुक्त रुपमा चिकित्सीय अनुसन्धान कार्यहरु विस्तार गर्ने लक्षको साथ FMUI Department of Parasitology अन्तर्गत इन्डोनेसियाका विश्वविद्यालयहरू र अक्सफोर्ड क्लिनिकल अनुसन्धान प्रयोगशाला (IOCRL) निर्माण गरेको थियो । नयाँ चासोको क्षेत्रमा केन्द्रीय स्नायु प्रणाली संक्रमणहरु, क्षयरोग, HIV र सूक्ष्मजीवीरोधी प्रतिरोध समाबेश गरिएको छ । HIV भएको बिरामीहरुमाझ क्षयरोगको सबैभन्दा गम्भीर प्रकार क्षयरोग मेनिनजाइटिस इन्डोनेसियामा सामान्य रुपमा देखिन्छ । बिरामीहरुको जीवनको गुणस्तर सुधार गर्न र बिरामीहरु बाँच्नका लागि OUCRU इन्डोनेसिया र यसका साझेदारहरु प्रयासरत भई सहायक डेक्सामेथासोन थेरापीको एक चिकित्सीय परिक्षण गर्दै आइरहेका छन् । सुक्ष्मजीवीरोधीको प्रयोग र दुरुप्रयोगको परिणाम स्वरूप विश्वव्यापीरुपमा औषधि प्रतिरोधी संक्रमणको वृद्धि विश्वभर सबै मध्ये एक ठुलो सार्वजनिक स्वास्थ्य चुनौती हो । इन्डोनेसियामा सम्बन्धित रोगिता र भार, मृत्यु दर र सूक्ष्मजीवीरोधी प्रतिरोधको आर्थिक लागतको उच्च गुणस्तरिय तथ्यांकको अभाव छ । OUCRU इन्डोनेसियाले antibiotic को पहुँच र प्रयोग बारे व्यवस्थित रुपमा अध्यन गर्ने लक्ष गर्दछ , अध्यन बायोमेडिकल र सामाजिक हस्तक्षेप बिकास गरि औषधि प्रतिरोधी संक्रमण रोक्नको लागि महत्वपूर्ण छ ।

Key Milestones

2022

इन्डोनेशिया विश्वविद्यालयको मेडिसिन संकाय द्वारा आयोजित, EOCRU ले आफ्नो नाम OUCRU इन्डोनेसियामा परिवर्तन गरेका थिए ।

2017

OUCRU इन्डोनेसिया र FMUI ले संयुक्त रूपमा इन्डोनेसियाका विश्वविद्यालयहरू र Oxford क्लिनिकल रिसर्च ल्याबोरेटरी (IOCRL) FMUI विभागको परजीवीविज्ञान भित्र यसको क्लिनिकल अनुसन्धान गतिविधिहरू विस्तार गर्ने उद्देश्यका साथ सिर्जना गरेको छ।

2015

P. भाइभ्याक्स कलेजोको निष्क्रिय चरण विरुद्ध primaquine को उपचारात्मक सफलताको लागि CYP2D6 polymorphisms को महत्व प्रदर्शन गरि चिकित्सिय र प्रयोगशाला प्रमाण विकसित

WHO को मलेरिया नियन्त्रण र निर्मूलनको लागि विश्वव्यापी प्राबिधिक रणनीति (२०१५) र प्लाज्मोडियम भाइभ्याक्स (२०१५) नियन्त्रण र निर्मूलनको लागि यसको प्राबिधिक संक्षिप्त सिर्जना गर्न नेतृत्व भूमिका निर्वाह गरिएको

प्लाज्मोडियम भाइभ्याक्स मलेरिया अनुसन्धानको पाचौ अन्तराष्ट्रिय सम्मेलन May २०१५, बालीमा आयोजना गरिएको

2014

G6PD कमि भएको बिरामीहरुमा primaquine विषाक्तता समस्याको सम्बन्धमा WHO को नीति र सुझाब तयार गर्न प्रमाण समिक्षा समूहमा नेतृत्व भूमिका निर्वाह गरेको

WHO को मलेरिया नियन्त्रण र निर्मूलनको लागि विश्वव्यापी प्राबिधिक रणनीति (२०१५) र प्लाज्मोडियम भाइभ्याक्स (२०१५) नियन्त्रण र निर्मूलनको लागि यसको प्राबिधिक संक्षिप्त सिर्जना गर्न नेतृत्व भूमिका निर्वाह गरिएको

2013-2015

दोहोरिएको मलेरीयालाइ आधुनिक रगत schizontocidal औषधि (२०१३, २०१५) सँग संयुक्त गरि यस विरुद्धको सुरक्षा र प्रभाबकारिताको पहिलो प्रदर्शन प्रतिनिधि गर्दै इन्डोनेसियन सिपाहीहरुमा primaquine थेरापीको दुइटा चिकित्सीय परिक्षणहरु कार्यान्वयन

2013

प्लाज्मोडियम भाइभक्स मलेरियालो हानिकरण र प्राय घातक, संक्रमणको परिकल्पना मुख्य रुपमा भास्कुलर साइनस नभई erythropoietic tissues मा स्थित भएको अस्पतालमा आधारित अध्यनलाइ प्रदर्शनसम्म नतृत्व गरिएको छ।

2012

इन्डोनेसियाको द्विपसमुहपार २० एनोफिलिस मलेरिया भेक्टरको पहिलो स्थानीय म्याप वितरण गरेको साथै हरेक प्रजातिको बायोनोमिक्स र प्रमाणको व्यापक सूचीकरण

2011 – 2012

इन्डोनेसियामा प्लाज्मोडियम फाल्सीपेरमP. भाइभक्सको पहिलो भुस्थानिक उच्च संकल्प म्यापिङ (१ कि.मि)

2008

सेन्ट्रल जकार्ताको सलेम्बा क्यामपस Faculty of Medicine University of Indonesia (FMUI) केन्द्रीय जकार्ता मा CiptoMangunkusumo अस्पताल केन्द्रीय जकार्तामा अवस्थित Eijkman Institute of Molecular Biology (EIMB) अन्तर्गत सन् २००८ मा The Eijkman-अक्सफोर्ड क्लिनिकल रिसर्च युनिट (EOCRU) स्थापना भएको थियो ।

थप जानकारीका लागि

सम्बन्धित

UI

Faculty of Medicine, University of Indonesia

Skip to content